आँप को औषा र बिगबिगी सिजन !

– राजेन्द्र देवकोटा -बिज्ञ कृषि
हामीले धेरै फलफुल पाक्ने बेला धेरै कुहिएको देख्ने गर्छौ त कति पाक्नु अगाबै पनि | कति लाई यसको कारण थाहा भाको हुन्छ त कति लाई अझ पनि यसको बारेमा थाहा भाको हुदैन | फल कुहिने कारण मा अरु कारण भए पनि एउटा झिंगा प्रकारको किरा ले पनि फल कुहाउने गर्छ | हुन त कतिलाई पत्यार नलाग्न पनि सक्ला तर धेरै फलफुल हरु कुहाउने को प्रमुख दोष : औषा यानी fruit fly त कतै कान्छी औली किरा को नाम ले नि चिन्छन त कतै केहि नाम ले होला |

Bactrocera (formerly Dacus) dorsalis बैज्ञानिक नाम रहेको यो किरा हेर्दा सानु माहुरी जस्तो लाग्छ | पोथी औषा को पछिल्लो पट्टि लामो तिखो फुल पर्ने अंग हुन्छ | एउटा पोथी किराले एक सिजन मा १०० देखि १५० वटा अण्डा पार्दछ हुन त कुनै फल मा ४०० देखि ६०० सम्म पनि हुन्छ |त्यसको मतलब हो तेहा एउटा ले मात्र अण्डा नपारी अरु धेरैले अण्डा पारेको को बुज्नु पर्छ| यो झिंगा को सक्रियता गर्मि को सुरुवाती संगै नै हुने गर्छ | यसको अण्डा हेर्दा सानु मसिनो सेतो खालको हुन्छ | यसको अण्डा बाट बच्चा कोरलिन १ -२ दिन भन्दा बढी समय लाग्दैन | जसको बच्चा लाई लार्भे भनिन्छ | जसको पछिल्लो भाग चौडा त अघि को भाग तिखो खालको हुन्छ | जब त्यसको बच्चा आधा इन्च को हुन्छ यसको पुरा बिकाश भै , धेरै खाने स्वभाब को हुन्छ , येही बेला फल कुहिने र खस्ने गर्दछ |

photo0              photo1

फल मा यो किरा ले अण्डा पारे पछि फलको बाहिरी भाग मा गम जस्तो प्रदार्थ निस्केको हुन्छ | तेस्तै बोट ओरिपोरी माहुरी जस्तै यी झिंगाको गतिबिधि तिब्र हुन्छ | फल भित्र बिस्तारै अण्डा र लार्भे हुने क्रम मा फल भित्र को गुदी यी किराले खाने र फलको बिकाशको सट्टा कुहिने गर्ने गर्छ |

यसको नियन्त्रण कसरि गर्ने ? :

फलफूल को फुल खेल्ने अगाबै बोट मा किट नासक बिषादी छर्ने, सुरुमा एक दुइ फलमा यसको प्रकोप देखिन सुरु हुन साथ कुहिएको फल हरुलाई टिपेर जम्मा गर्ने र बगैचा भन्दा अलि पर खाडल बनाई पुर्ने | फलफुल को फूल खेल्नु देखि नै यसको नियत्राण को लागि फेरोमन ट्रयाप झून्डाउने |

 

photo2                                             photo3

के हो त फेरोमन ट्रयाप :

ट्रयाप मा एक किसिम को सेक्स हर्मोन राखिन्छ , जसलाई मिथाइल यूजिनल भनिछ (O-methyl eugenol) | जसको कारण ले भाले औषा आकर्षण हुने गर्दछन | जसलाई एउटा प्लास्टिक को बोत्तल (बोत्तल को दुवै भाग मा किरा चिर्न को लागि प्वाल समेत बनाउनु पर्छ) भित्र राखिएको कपास को रुही मा राखिन्छ भने तल किट नासक बिषादी (मलाथियोन ) राखिन्छ | | जसको अनुपात (६:१ हुनुपर्छ ) , यी किरा हरु गुलियोमा झन् बढी आकर्षित हुने हुदा ट्रापमा हामीले सक्खर यानी चिनी को चास्नी पनि बोत्तल ओरिपोरी राख्न सकिन्छ | प्रति रोपनी एउटा बोत्तल हुदा काम राम्रो गर्छ , बोट मा भने प्रति बोट एउटा राख्दा राम्रो हुन्छ | ट्राप लाई रुख मा नझुन्दाई भुइमा राख्ने हो भने भुइँ देखि ६-७ फिट माथि राख्नु पार्दछ | पोथीको गन्ध ले भाले तेहा जाने र तलको विषादीको असरले मर्न गर्दछन | यस प्रकारको फेरोमन होर्मोन किटनासक बिषादी को भन्दा बढी गन्ध हुने हुदा किरा बिष को भन्दा तो गन्ध को कारण ले आकर्षित समेत हुने गर्छन |

 

photo4

यसको अलावा , फल चिचिला अवस्था हुदा प्लास्टिक वा कागज को पेपर ले समेत फललाई रयापिंग गर्न सकिन्छ | आजकल कभर पेपर समेत पाईन्छ , जस्ले ढाक्न काम गर्छ | भारत मा यसको प्रकोप बाट जोगाउन एउटा आँपको फललाई जोगाउने औसत ८ चोटी समेत बिषादी छर्ने गरिन्छ सोहि कारण ले भारत को आँप यूरोप जान बाट समेत प्रतिबन्ध छ |

कालो चामल अनुसन्धान, इतिहास र विकास

कालो धान पनि औषधी:
कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन । पकाउनुअघि दुई घन्टा भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ । गत आर्थिक वर्षमा प्रतिकेजी ७ सय रुपैयाँ मूल्य रहेको कालो चामलको मूल्य यस वर्ष अझै बढ्ने अनुमान गरिएको छ । स्वास्थ्यवद्र्धक भएकाले यो धान स्थानीय र राष्ट्रिय बजारमा बिक्री हुन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पनि यो धानको माग बढ्दै गएको छ ।

कालो चामल भर्खरै नेपालमा प्रवेश गरेको छ । विगत २/३ वर्षदेखि नेपाली किसानहरm फाटफुट रmपमा यसको खेती गर्दै आएका छन् । यो चामल हेर्दा भित्रबाट कालो हुन्छ, त्यसकारण यसलाइ कालो चामल भन्ने गरिन्छ । यसको नेपाली बजार मुल्य रm ४७५ देखि ५०० सम्म प्रति किलो छ र काठमाडौका सुपरमार्केटहरmमा उपलब्ध छ ।कालो चामल विश्वको अति प्राचिनतम चामल भए पनि यसबारे सर्वसाधारण अनभिज्ञ नै छन् । यसको बारेमा थुप्रै अध्ययन, अनुसन्धान भए पनि समग्र रmपमा कालो चामलबारे औपचारिक रmपमा अहिलेसम्म कुनै किताब निस्केको थिएन । यही यर्थातलाइ मध्यनजर राख्दै विज्ञ, विधार्थी र किसानहरmको हितमा यो किताब प्रकाशन गरिएको हो ।

b1

इतिहासविदका अनुसार कालो चामललाइ मनाही (फोरबिडन) चामल पनि भनिन्छ । किनकि यो चामल मात्र चिनिया राजा, महाराजाहरmले आफनो आयु बढाउन उपभोग गर्ने गर्थै । अरm सर्वसाधारणले यो चामल खादा उसलाई मुत्यदण्ड दिने गरिन्थ्यो । त्यसैले यो चामललाइ राजा चामल वा आयु बढाउने चामल पनि भन्ने गरिन्छ ।

यो चामलमा एण्टीअक्सिडेन्टसको मात्रा ब्लुबेरी भन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुको कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । अनुसन्धानकर्ताले यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन निकै लाभ पुयाउछ । कालो चामलले पाचन प्रणाली सुधार्ने लगायत धेरै रोगहरmको उपचारमा सहयोग गर्छ । खाध विज्ञका अनुसार कालो चामल आधुनिक सपरफुड हो ।

कालो धानको खेती अरm धानको खेती सरह नै गर्नै गरिन्छ । अचेल कालो चामलका धेरै जातहरm उपलब्ध भए पनि चिनिया कालो चामल बढी प्रचलित छ । यो चामलको बाहीरी भाग खाध पदार्थमा प्राकृतिक रंगाउने वस्तुको रmपमा धेरै नै उपयोग हदै आएको छ । अहिलेको आधुनिक युगमा कालो चामलको नियमित उपयोग गर्दै दैनिक शारीरिक एक्सरसाइज गर्दा व्यक्ति स्वस्थ भइ जिउन सक्छ ।
मकै, गहुँ कोदो, फापर आदिको तुलनामा चामलको प्रयोग ज्यादा देखिन्छ। नेपालको खाद्य बजारमा ९८ प्रतिशतभन्दा बढी पालिस गरिएको सेतो चामल पाइन्छ।

यो पकाउन त सजिलो हुन्छ तर त्यसमा पौष्टिक तत्त्व फाइवर आदि नष्ट भइसकेको हुन्छ। दुई प्रतिशतमात्र अन्य प्रकार का चामलहरू बजारमा पाइन्छ।छिटफुट रूपमा ब्राउन, राइस ग्रे, राइस ग्रे ग्रिन र रेड राइसहरू बजारमा उपलब्ध छन्। यो जी ६० कालो धान भर्खरै मात्र नेपालको बजारमा प्रवेश गर्न लागेको छ।यसलाई स्टिकी राइस, सुपर फुड, फोरविडन राइस, पर्पल राइस आदि नामले परिचित छ। अन्य चामलको तुलनामा यो २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक छ।

नेपालको जमिनमा यो धानले प्रवेश गरेको चार पाँच वर्ष मात्र भएको छ। स्थानीय जात सरह नै फल्ने यो धान नेपालमा स्थानीयकरण भइसकेको छ।एसआरआई पद्धतिबाट धान रोप्ने हो भने झन्डै अरू धानभन्दा दोब्बर उत्पादन हुन्छ। यो धान अरयाज स्याटीभा जातिअन्तर्गत ज्यापोनिक समूहमा पर्छ।

यो प्रजातिअन्तर्गत विभिन्न २० उपप्रजातिहरू पाइन्छ।

यो चामल एसियन उत्पादन हो। किनकि रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार यो ब्ल्याक राइस आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्षपहिलो चीनमा खेती गरिएको भन्ने भनाइ छ।तर आधिकारिक पुष्टि भइसकेको छैन। मध्यनियोलियिक समयतिर नै एसिया, युरोपलगायतका महाद्वीपमा खेती गरिएको भन्ने भनाइ पनि रहेको छ।चीनको याङ्त्से नदी तथा पर्लस नदी उपत्यकामा पाँच हजार बीसीतिर खेती भएको र दक्षिणपूर्वी एसिया मा चार हजार तीन सय ५० बीसीतिर विस्तार भएको भन्ने भनाइ पनि रहेको छ।पछि भियतनाम र भारतको बेलान र गंगा नदी आसपासमा खेती भएको पाइन्छ। यो चामल संसारभर उत्पादन भएको छ।जापान, थाइल्यान्ड, इन्डोनेसियालगायत थुप्रै देशमाभएको खेती भई आएको छ भने चीनमा ६७ प्रतिशत खेती हुने गरेको छ।यो धान अत्यन्त महँगो छ। अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिकिलो ८ देखि २५ डलरमा खरिद बिक्रीभइरहेको छ।भारतमा तीन सय २५ भारुमा प्रतिकिलो ग्राहकहरूले खरिद गरिआएका छन्।

नेपालको बजारमा भर्खर प्रवेश गर्न लागेको छ, तापनि ग्राहकहरूले प्रतिकिलो पाँच सय रुपैयाँमा खरिद गरी उपयोग गर्न सक्छन्। यो धान विशुद्ध एवं पूर्ण प्राकृतिक छ।यसमा कुनै पनि प्रकारको जैविक, रासायनिक परिवर्तन गरिएको छैन।यो जी सिक्स्टी चामल पाकेपछि हल्का गुलियो र लेस्याइलो एवं गिलो हुन्छ । यसलाई सुवर फुड पनि भनिन्छ। यसमा पौष्टिक तत्त्व, अन्य चामल भन्दा ज्यादा पाइन्छ।

यसलाई फोर विडन राइस पनि भनिन्छ । किनकि यो चामलको उब्जनी वादशाहहरूको लागि गरिन्थ्यो र सर्वसाधारणको लागि उपभोग निषेध गरिन्थ्यो।
यसलाई चिनियाहरूले जिगुनो अफ चाइना पनि भन्दछन्। यसको अर्थ हो रिकभरी अफ ब्रोकन बोन।प्रति १०० ग्राम चामलको तुलना गर्दा :
यो चामल कालो रङको हुन्छ। चामलको कालो रङनै यसको महत्त्वपूर्ण अंग हो।यसलाई एन्थ्रोसाइनिन् पिगमेन्ट अर्थात् एन्टी अक्सिडेन्ट गुण भएको तत्त्व भनिन्छ। यो तत्त्व रोगसँग लड्नसक्ने प्रतिरोधक तत्त्व हो। यसलाई अनुवांशीकीकरण नगरिएको, विशुद्ध प्राकृतिक पद्धतिबाट नै विकसित गरिएकोले खानको लागि सुरक्षित छ।

b2

दैनिक मात्र १५ ग्राम सेवन गर्न सके रक्त अल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्चरक्तचाप, मुटु रोग, अलजाइमर्स जलन आदिबाट सुरक्षित रहन मद्दत गर्छ।गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक सिद्ध भएको छ।यो चामलको सेवनबाट चिनियाहरू किड्नी, पेट र कलेजोको रोगबाट बचाउँछ भन्ने विश्वास गर्छन्।यस्तै यो चामलको उपभोगले क्यान्सर, मधुमेह, अलजाइमर्स आदि रोगसँग लड्न सक्ने प्रतिरोध क्षमताको विकास गर्छ।त्यस्तै गरी मुटुसम्बन्धी रोग, हृदयाघात, उच्च रक्तचाप रोक्न यो धान लाभदायक छ। यसले कोलेस्ट्रोल बढ्न दिँदैन।सन् २०१० अक्टोवर २० मा जर्नल अफ अमेरिकन केमिकल सोसाइटीमा प्रकाशित लेखअनुसार घाउ सुन्निने एलर्जी, जलन, आदि रोगसमेत कम गर्न यो चामलले मद्दत गर्छ।विभिन्न अनुसन्धानबाट पत्ता लागेअनुसार जलनको ३२ प्रतिशत कम गर्छ, यो चामलको उपभोगले।यो चामलको उपभोगले ब्लड एनिमिया, डिजिजेज, ब्लुरिज भिजन र कपाल नआएर समस्या भए पनि समाधान हुन्छ।

यसले रोग प्रतिरोधक शक्ति उत्पन्न गर्छ। साथै हेपटाइटीस चिरासीसविरुद्ध लड्न यो चामल उपयोगी रहेको छ।यसमा भएको एन्टिअक्सिडेन्ट तत्व पानीमा धुलनशील भएकोले शरीरको विभिन्न भागमा सजिलै पुग्दछ र चाँडै असर गर्छ भनेर अमेरिकाको पेन्सलभेनियास्थित एक विश्वविद्यालयले गरेको अध्ययनले पनि पुष्टि गरेको छ।

बहुगुणकारी यो धान (चामल) आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ। बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ।स्थानीय तवरले खेती गर्दा अन्य धान सरहनै फल्छ। एसआरई पद्धतिको प्रयोग भएमा दोब्बर फल्छ।

अण्डा र मासु को लागि पालिने कुखुरा -गिरिराज !!

अण्डा र मासु दुवै प्रयोजन को लागि पालिने कुखुरा हो गिरिराज |जसलाई पूर्ण रुपमा छाडेर र अर्ध छाडेर पालना सकिन्छ | जस्ले गाउँ घर मा हुने घास , सागपात र खेर गएको अन्न समेत खाने हुदा उत्पादन लागत समेत कम हुन जान्छ | २ महिना मा १ किलो अनि ५ महिना मा ३ किलो ५०० ग्राम हुने यो जात को कुखुरा जस्ले १ बर्ष मा १८० वटा सम्म अण्डा पर्ने गर्दछ | र एक बर्ष मा सरदर ४ किलो सम्म हुने गर्दछ | स्थानीय जात को जस्तै स्वाद र धेरै ले यसको मासु मन पराउने हुदा पनि हालका दिन मा यसको महत्वो झन् बढी राखेको छ | यस प्रकारको कुखुरा लाई बर्शिम , कम्फ्रे जस्ता उन्नत घास र स्थानीय जात भुइँ घास र डाले घास समेत खुवाएर पाल्न सकिन्छ |

Read more

भाले चिराइतो

भाले चिराइतो को भारी !!!

तेर्हथुम जिल्ला को देउराली का यी किसान हरु चिराइतो को भारी कस्न तल्लिन छन् , यसरि भारी बनाएर नेपाल को चिराइतो भारत निकाश हुने गर्दछ | निकाशी गर्न लाएक यो चिराइतो भने भाले चिराइतो भाको हुदा किसान ले मात्र प्रति के जी रु ५० मा गाउँ मै बेच्ने गर्दछन |

ch2

फोटो : चेत कुमारी गुरुङ बाट

केरा संसारबाटै लोप हुने खतरा !!!

काठमाडौं- सबैभन्दा स्वादिष्ट र पोसिलो ‘ग्रस माइकल’ जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो। ‘पानामा डिजिज’ नामक ‘फंगस’ (ढुसी) को फैलँदो संक्रमणले क्याभेन्डिस जातको केरा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औंल्याएको छ| नेदरल्यान्ड्सस्थित एक विश्वविद्यालयले गरेको अध्ययनले क्याभेन्डिस प्रजातिको केरामा पानामा डिजिजकै नयाँ प्रजातिको कीटाणुयुक्त ‘ट्रपिकल रेस फोर’ नामक ढुसी संक्रमण अत्यधिक देखिएको छ।

ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ‘ट्रपिकल रेस वान’ ले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा व्यावसायिक रूपमा चल्तीमा छ। अहिलेसम्म विश्वबजारमा आयातनिर्यात हुने केराको ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ।

kera

ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ‘ट्रपिकल रेस फोर’ ले भने क्याभेन्डिसमाथि पनि धावा बोलिसकेको छ।

अध्ययनअनुसार दक्षिणपूर्वी एसियाली देशमा नब्बेको दशकबाट क्याभेन्डिसमा यो संक्रमण देखिएकोमा अहिले अफ्रिका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएको छ। नेदरल्यान्ड्सको वेजनिङ विश्वविद्यालयको अध्ययनले यो संक्रमण ल्याटिन अमेरिकी देशसम्म फैलिएपछि लोप हुन कति समय लाग्ने भनी निर्धारण हुने जनाइएको छ।

संसारमा उत्पादन हुनेमध्ये ८२ प्रतिशत क्याभेन्डिस केरा ल्याटिन अमेरिकी देशमै उत्पादन हुन्छ। विश्वभर उत्पादन हुने यस जातको केरामध्ये ४७ प्रतिशत अंश क्याभेन्डिसको भए पनि विश्वबजारमा निर्यात हुने केरामा ९९ प्रतिशत हिस्सा ओगट्छ। विश्वबजारमा ७ अर्ब अमेरिकी डलरको केराको बजार छ।

विश्वमा एक हजार प्रजातिका केरा खेती गरिँदै आए पनि अरू स्थानीय स्तरमै खपत हुने गरेको छ। नेपालमा कम्तीमा ३० प्रजातिका केरा पाइन्छ। यहाँ पनि मालभोग र क्याभेन्डिस जातको केरा मात्रै व्यावसायिक उत्पादन हुन्छ।

एकपटक ढुसी संक्रमित माटोमा पानामा डिजिज कीटाणु कम्तीमा ३० वर्ष बाँच्ने गर्छ। त्यस अवधिसम्म केराखेती गर्न सकिँदैन। ढुसी क्वारेन्टाइन र अन्य जैविक सुरक्षा विधि अपनाउँदा पनि खासै प्रगति नभएको बताइएको छ। यो रोगको नियन्त्रणका लागि कुनै पनि रसायन र औषधि विकास भएको छैन।

पानामा डिजिज समस्या क्याभेन्डिसमा मात्र होइन, अन्य जातका केराका स्थानीय प्रजातिमा समेत देखिएको अध्ययनले जनाएको छ। यो ढुसीले केराको पानी आपूर्ति गर्ने प्रणाली ध्वस्त पर्छ। त्यसपछि केराको बोट बिस्तारै सुक्दै गएर मर्छ।

kera1

नेपालमा पनि व्यावसायिक उत्पादकले क्याभेन्डिस प्रजातिको केरा लगाउने गरेका छन्। कोसी नदीआसपास जिल्ला र पश्चिम नेपालमा क्याभेन्डिस प्रजातिको केराखेती बढी रहेको त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विभागका सहप्राध्यापक डा. गिरि त्रिपाठीले भने।

नेपालका ६८ जिल्लामा केराखेती हुने गरे पनि व्यावसायिक रूपमा भने तराईका केही जिल्लामा मात्र भइरहेको छ।

‘विदेशबाट आयात हुने केरा नै हाम्रोमा ढुसी भिœयाउने प्रमुख कारण हुन सक्छ,’ डा. त्रिपाठीले भने, ‘अहिले हुँदै आएको खुलमखुला आयात कसरी व्यवस्थित गर्ने हो, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ।’

उनले प्रशोधित केरा नेपाल भिœयाउने व्यवस्था गर्नुपर्ने बताए। ‘सुत्लासहित केरा ल्याउने गरिएको छ। त्यसले पनि जीवाणु भिœयाउन सक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनको भनाइ थियो।

साठीको दशकमा इन्डोनेसियामा देखिएको पानामा डिजिजको ट्रपिकल रेस फोर ढुसी ताइवान, चीन हुँदै दक्षिणपूर्वी एसियाली देशमा फैलिएको थियो। ती देशमा लाखौं हेक्टरमा लगाइएको केराखेती यही रोगका कारण नष्ट भएको समाचार एजेन्सीले जनाएका छन्। फिलिपिन्समा यसले हालै महामारीको रूप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सन् २०१३ पछि दक्षिणपूर्वी एसियाबाट यो ढुसी अफ्रिका महादेश र मध्यपूर्व तथा दक्षिण एसियामा समेत आइपुगेको छ। एसिया प्रशान्त क्षेत्र, अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा बढी मात्रामा केरा उत्पादन हुने गरेको छ। वर्षमा १ खर्ब कोसा केरा मानिसले उपभोग गर्दै आएका छन्। केरालाई स्वादिष्ट मात्रै नभएर स्वास्थ्यवर्द्धक, पौष्टिक आहारका रूपमा समेत लिइन्छ। विश्वका ५० करोडभन्दा बढी मानिस प्रोटिनको प्रमुख स्रोतका रूपमा केरा उपभोग गर्छन्।

पानामा डिजिजबारे जानकारी दिन तयार पारिएको वेबसाइटले पाकिस्तानमा समेत क्याभेन्डिस केरामा ट्रफिकल रेस फोर देखिएको जनाउँदै उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ। भारतमा भने अहिलेसम्म पानामा डिजिजको ट्रपिकल रेस वान मात्रै छ।

नेपालमा पनि केराको माग आन्तरिक उत्पादनले धान्न सक्ने नरहेकाले भारतबाट केरा आयात हुने गरेको छ।

‘नेपालमा मालभोग केरामा मात्रै पानामा डिजिजजस्तो लक्षण देखिएको छ, यस विषयमा अनुसन्धान हुँदैछ,’ वनस्पतिशास्त्री डा. त्रिपाठीले भने, ‘रोगका लक्षण हेर्दा पानामा डिजिजजस्तै देखिए पनि डिएनए परीक्षण रिपोर्ट नआउन्जेल यस्तो भन्न सकिने अवस्था छैन।’

त्रिभुवन विश्वविद्यालय ल्याबमा यसको परीक्षण भने भइरहेको छ। ‘पानामा डिजिज नहोस् भन्ने हाम्रो कामना हो,’ डा. त्रिपाठीले भने, ‘तर हामीले यो रोग नभित्रियोस् भनेर विशेष सतर्क हुनुपर्ने समय आइसकेको छ।’

बजारमा केरा पठाउँदा अहिले पठाउने विधिलाई पूर्ण रूपमा हटाउनुपर्ने उनले बताए। ‘केरालाई प्रोसेस गरेर मात्रै पठाउनुपर्छ,’ त्रिपाठीले भने, ‘अहिलेका केराको गाना लगेर अर्को ठाउँमा रोप्ने कार्य रोक्नुपर्छ। नेपालमा भित्रन नदिने हो भने जनचेतना जगाउने र यसबारे अनुसन्धान आवश्यक छ।’

kera2

अधिकांश केराका बिरुवा बीजबाट नभई क्लोनबाट प्राप्त हुन्छ। त्यसमा कीटाणुको सुरक्षा लामो समय हुने भएकाले यसले विश्वभरको केराको खेतीमा रोग महामारी जोखिम अझ उच्च रहने गरेको छ।

पानामा डिजिजको नयाँ संस्करण ‘ट्रपिकल रेस फोर’ का कारण केरा आपूर्ति नै प्रभावित हुन सक्ने निष्कर्ष निकालेको संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी देशका केरा उत्पादकलाई जोखिम कसरी कम गर्न आवश्यक छ भन्ने कदम चाल्न आग्रह गरेको छ।

केरा खेतीमा विश्वभरका लाखौं मानिस संलग्न छन्। नयाँ रोगका कारण करोडौं मानिसको जनजीविका प्रभावित हुने अनुमान छ।
-मणि दाहाल